- क्याम्पसद्दारा विद्यार्थीहरुको लागी पारीत गरी जारी गरिएको यस आचार संहिताको पालना गर्नु प्रत्येक विद्यार्थीको कर्तव्य हुनेछ ।
- विद्यार्थीहरु क्याम्पसहारा लागु गरिएको विद्यार्थी पोषाकको प्रयोग गर्नुपर्ने छ ।
- विद्यार्थीहरु आफ्नो कक्षाकोठामा समयमा नै उपस्थीत हुनुपर्ने छ ।
- विद्यार्थीहरुले सभ्य, शिष्ट भाषा र असल तथा अनुशासित व्यवहार अवलम्बन गर्नुपर्नेछ ।
- क्याम्पस परिसरभित्र धूमपान, मद्यपान तथा लागु पदार्थ सेवन गर्न शक्त मनाही छ ।
- कक्षा कोठामा मोवाइल स्विच अफ वा साइलेन्ट मोडमा राख्नुपर्नेछ ।
- क्याम्पस परिसरभित्रको बगैंचा, बोटविरुवा, मुन्दिर तथा रेलिङ्गमा कुनै किसिमको हानी नोक्सानी गर्न पाईने छैन ।
- क्याम्पस परिसरभित्र अनावश्यक हो-हल्ला हुलदङ्गा तथा उच्छदखल व्यवहार गर्न पाईने छैन ।
- विद्यार्थीहरुले कुनै कार्यक्रम गर्नुपूर्व अनिवार्य क्याम्पस प्रशासन संग अनुमति लिनुपर्नेछ ।
- विद्यार्थीहरुले क्याम्पसको बस, खेलकुद सामाग्री, स्वास्थ्य सामाग्री वा अन्य भौतिक सम्पतीको उचित तरिकाले उपयोग गर्नुपर्नेछ । यदी कसैबाट कुनै सम्पत्तिको हाजी अत, गरेको खण्डमा सम्बन्धित विद्यार्थीबाट अतिपूर्ति गराईनेछ ।
- अश्वाभाविक अमर्यादित र भडकिलो पोषाक तथा शैलिमा कक्षकोठामा उपस्थित हुन पाईने छैन ।
- क्याम्पसमा जाती, धर्म, वर्ण, लिङ्ग र वर्गका आधारमा कुनै भेदभाव गर्न पाईने छैन ।
- तोकिएको प्रवेशद्वारबाट मात्र आवतजावत गर्नु पर्नेछ ।
- परिक्षा सञ्चालनको क्रममा कुनै पनि अमर्यादित गतिविधी गर्न पाईने छैन ।